२७ वर्षीया महिला तीन दिनदेखि बेपत्ता, पति वैदेशिक रोजगारीमा

by समतल अनलाइन
37Shares

बैतडी । बैतडीको सिगास गाउँपालिकाकी एक महिला तीन दिनदेखि बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा सिगास–४ सिराडीकी २७ वर्षीया भागरथी साउद रहेकी छिन् ।

यही साउन १५ गते राति नगद र लत्ता–कपडासहित घरबाट निस्किएकी उनी हालसम्म सम्पर्कमा नआएको भागरथीका भतिजा चन्द्रसिंह साउदले जानकारी दिए । भागरथीका श्रीमान रोजगारीको सिलसिलामा हाल भारतमा रहेका छन् । भागरथी बेपत्ता भएको बारेमा उनको परिवारले स्थानीय प्रहरीलाई खबर गरेको छ । प्रहरीले उनको खोजी गरिरहेको छ।

You may also like