बुटवलको गौतमबुद्ध मुटु अस्पतालमा बालिकामाथि यौन दुर्व्यवहार, एक कर्मचारी पक्राउ

by समतल अनलाइन
114Shares

बुटवल, साउन।रुपन्देहीको बुटवल उपमहानगरपालिका स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा सेवाग्राही बालिकामाथि यौन दुर्व्यवहार भएको आरोपमा एकजना कर्मचारी पक्राउ परेका छन्।

ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार एक्सरे विभागमा कार्यरत ३१ वर्षीय सुवास गौतमलाई १६ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो। पीडित बालिका भिडियो एक्सरे गराउन अस्पताल पुगेकी थिइन्।

घटना सम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
बुटवल उपमहानगरपालिका–१० का वडाध्यक्ष बलु पुनले दिउँसो १ बजे आफूलाई घटनाबारे जानकारी प्राप्त भएको जानकारी दिए। उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने धारणा राखे।

You may also like