साधना सांस्कृतिक कला केन्द्रको मिस तीज अफ स्कुलको पाँचौ संस्करण सुरु

by समतल अनलाइन
63Shares

बुटवल।साधना साँस्कृतिक कला केन्द्र बुटवलले मिस तीज अफ स्कूलको पाँचौ संस्करण शुरु गरेको छ । तीज पर्वको अवसर पारेर ५ देखि १२ बर्षसम्मका बालिकाहरुविच सौन्दर्य कलामा प्रतिस्पर्धा गराउने गरी मिस तीज अफ स्कूल शुभारम्भ गरिएको हो ।

आईतबार कलाकेन्द्रका सञ्चालक अनु रजक, प्रबन्ध निर्देशक प्रियन्का थापा, कार्यक्रम संयोजक अभिषेक भारी सहित प्रतिस्पर्धी ३० बालिकाहरुले संयुक्त रुपमा केक काटेर शुभारम्भ गरेका हुन् । बालिकाहरुको आत्मविश्वास बढाउने उदेश्यले प्रत्येक बर्ष गरिने प्रतियोगिताको फाईनल प्रतिस्पर्धा साउन ३१ गते हुनेछ ।

रुपन्देहीका विभिन्न विद्यालयमा अध्ययनरत ३० जना बालिकाहरुविच चार वटा चरणमा प्रतिस्पर्धा गराईने प्रबन्ध निर्र्देशक थापाले बता्ए । उनका अनुसार बालबालिकाहरुलाई अबको १५ दिन विभिन्न बिषयमा तालिम दिएर ३१ गते प्रतिस्र्धामा सहभागी गराईनेछ । विजेतालाई नगद १५ हजार शिल्ड र प्रमाणपत्रले पुरस्कृत गरिने कार्यक्रम संयोजक अभिषेक भारीले बताए ।

यस्तै प्रतियोगितामा द्धितिय, तृतिय र सात्वना हुनेलाई क्रमश १० हजार, ८ हजार, ५ हजार नगद सहित प्रमाणपत्र र शिल्डले पुरस्कृत गरिनेछ ।

बालिकाहरुको आत्मविश्वास, सौन्दर्य कला सिकाउने उदेश्यले आफूहरुले रुपन्देही क्षेत्रमा निरन्तर प्रतियोगिता गर्दै आइरहेको कलाकेन्द्रका सञ्चालक अनु रजकले बताए ।

You may also like