बुटवल। रोटरी क्लव अफ बुटवलले आफ्नो मातृत्वमा स्थापना गरेको विभिन्न ७ वटा ईन्टयाक्ट क्लवको एक साथ पदस्थापन गराएको छ ।
सो संगै ईन्टयाक्ट क्लवमा सहभागिहरुलाई नैतिक शिक्षा र ईम्पावर रोटरी युथ लिडरको तालिम समेत प्रदान गरेको छ । नैतिक शिक्षाको वारेमा स्वामी १००८ लोकानन्द महाराजले प्रदान गर्नु भएको हो भने युथ लिडरसिपको वारेमा रोटरीयन राजेन्द्र लम्सालले प्रशिक्षण प्रदान गर्नु भएको हो ।
स्वामी १००८ लोकानन्द महाराजले नैतिक शिक्षाले मानव जगतलाई सत्मार्गमा लाग्नका लागि प्रेणा मिल्ने धारणा राखनु भयो । सोही प्रेणाको माध्यमले मानव जीवनलाई वैभवशाली बनाउन मद्दत गर्ने पनि सुनाउनु भयो । उहांले हरेक वस्तुलाई विश्व विद्यालय का रुपमा ग्रहरण गर्न विद्यार्थीहरुलाई सुझाउनु भएको थियो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी नगर उप प्रमुख सावित्रा अर्यालले रोटरी क्लब अफ बुटवलले अगाडी बढाएका ईन्टयाक्ट क्लवमा लाग्नेहरुको नेतृत्व विकासमा महत्व पूर्ण टेवा पुग्ने धारणा राख्नु भयो , उहांले बुटवल उपमहानगरपालिकाले वालवालिका संग उप प्रमुख कार्यक्रम अगाडी बढाएको बताउदै गरीबी र अभावमा रहेका वालवालिकाहरुसंग पुग्नईन्टयाक्ट क्लवमा लाग्नेहरुले सहयोग गर्न पनि आह्वान गर्नु भयो ।
कार्यक्रमको शुरुमै रोटरी क्लव अफ बुटवलका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले कार्यक्रमको उपादयता वारे प्रकाश पार्नु भएको थियो । अध्यक्ष पराजुलीले आफ्नै क्लवको मातृत्वका रुपमा स्थापना गरिएको ईन्टयाक्ट क्लवका विद्यार्थीहरुलाई उनिहरुको नेतृत्व विकास गरी देशका सक्षम कर्णधार बनाउनका लागि यस्ता कार्यक्रम जोडदै जाने पनि बताउनु भयो ।
संम्युक्त पद हस्तान्त्ररण समारोहमा ईन्टयाक्ट क्लब होराईजन, ईन्टयाक्ट क्लब दीप ईन्टयाक्ट क्लब अक्सफोड, ईन्टयाक्ट क्लब क्यानन, ईन्टयाक्ट क्लव पामिर, ईन्टयाक्ट क्लव होराईजन जिबिएस र ईन्टयाक्ट क्लव अफ बुटवल रहेका थिए । विशेष गरी १२ देखि १८ वर्ष उम्मेरका विद्यालय र कलेजमा अध्ययन रत विद्याथीहरुलाई ईन्टयाक्ट क्लबमा सहभागिता गराईएको रोटरी क्लव अफ बुटवलका सचिव शिव कुमार ज्ञवालीले बताउनु भयो ।
कार्यक्रममा रोटरीका पास्ट डिष्ट्रिक गर्भनर राजेन्द्र ध्वजु रोटरी क्लव अफ बुटवलका निवर्तमान अध्यक्ष प्रज्जवल थान्जु पूर्व अध्यक्षहरु पदाधिकारी र सदस्यहरुको उललेख्य सहभागिता रहेको युथ चियर संयोजक डीआर पन्थीले बताउनु भयो ।
Yamlal