गायिका सिता राना मगरको तीज गीत ‘आहा मेरो राजै’ सार्वजनिक

by समतल अनलाइन
85Shares

नेपाली सांगीतिक बजार तीजको रौनकले संगीतमय बन्दै गएको छ। तीज आउन अझै केही समय बाँकी छ, तर यसैबीच नयाँ तीज गीतहरू धमाधम सार्वजनिक भइरहेका छन्। यही क्रममा चर्चित गायिका सिता राना मगरको तीज विशेष गीत *“आहा मेरो राजै”* सार्वजनिक भएको छ।

गीतमा सिता राना मगर र ऋषी खड्काले स्वर दिएका छन्। शब्द सिता राना मगरकै रहेको छ भने संगीत र थेगो ऋषी खड्काले तयार पारेका हुन्।

गीतको भिडियोमा बिमल अधिकारी र स्मारिका ढकालले अभिनय गरेका छन्। भिडियोलाई मुकेश नेपालीले निर्देशन तथा कोरियोग्राफी गरेका हुन्। बुद्ध थापाको छायांकन र नबिन घर्ती मगरको सम्पादन रहेको भिडियो *सिता राना मगर*को आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

सिता राना मगर लोक तथा दोहोरी क्षेत्रमा स्थापित नाम हुन्। उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी केन्द्रिय सह-सचिव समेत हुन्। सधैंजसो मेला, महोत्सव तथा सामाजिक कार्यक्रमहरूमा ब्यस्त रहने गायिका सिता विभिन्न संघ–संस्थाहरूमा पनि सक्रिय छिन्।
भिडियो :

You may also like