तीन हजार विन्दु छोएको भोलिपल्ट ४७ अंकले घट्यो बजार

by समतल अनलाइन
97Shares

काठमाडौं।नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४७.९३ अंकले घटेर दुई हजार ९५४ दशमलव १४ को विन्दुमा कायम भएको हो । यो १.५९ प्रतिशतको गिरावट हो ।

आज ३२७ कम्पनीको तीन करोड ६४ लाख १७ हजार ७४२ कित्ता शेयर एक लाख ४१ हजार ५२० पटक खरिदबिक्री हुँदा १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४०८ बराबरको कारोबार भएको हो ।
आजको कारोबारमा अन्य समूह शून्य दशमलव ८५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक र लघुवित्त समूहको उपसूचकमा उच्च गिरावट देखिएको छ ।

सान्भी इनर्जी लिमिटेड र ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य आठ दशमलव चार प्रतिशतले घटेको छ ।

Comments

You may also like

This will close in 0 seconds