साउन १४ र १५ गते ‘द बम्बई लाउन्ज’ मा ओपनिङ अफर, थ्रेड चिकनदेखि झोल म:म: सम्म २०% छुट

by समतल अनलाइन
344Shares

बुटवल । रुपन्देहीको योगिकुटीमा नयाँ स्वाद र अनुभवको गन्तव्यका रूपमा स्थापना भएको ‘द बम्बई लाउन्ज’ ले आफ्नो उद्घाटन अवसरमा विशेष छुट योजना सार्वजनिक गरेको छ।

साउन १४ र १५ गते लागू हुने यो अफर अन्तर्गत, थ्रेड चिकनदेखि झोल म:म: सम्मका परिकारहरूमा २० प्रतिशतसम्मको छुट उपलब्ध हुनेछ।

भारतको मुम्बई शहरको रेसिपीमा तयार गरिएका स्वादिला परिकारहरू मार्फत ‘द मुम्बई लाउन्ज’ ले नेपाली स्वादप्रेमीलाई नयाँ अनुभूति दिने दाबी गरेको छ। अफर अन्तर्गत क्रिस्पी थ्रेड चिकन, क्रोन चाइनिज बल, पान्को क्रस्टेड फिस, तन्दुरी पूरै माछा, दाल मखनी, झोल म:म: लगायतका परिकार छुटसहित प्रस्तुत गरिनेछन्।

त्यस्तै, युवापुस्तालाई लक्षित गर्दै बर्गर, बाओजस्ता फास्ट फुड परिकारहरू पनि विशेष छुटमा उपलब्ध हुनेछन्।

रेस्टुराँ व्यवस्थापनका अनुसार, ‘द बम्बई लाउन्ज’ स्वाद, सेवा र सजावटको संयोजनमार्फत योगिकुटीमा फरक र स्तरीय अनुभव दिन प्रतिबद्ध छ।

You may also like