78
रसुवा । पौडी खेल्ने क्रममा आइतबार रसुवाको गोसाइँकुण्डमा बेपत्ता दुई युवक अझै फेला परेका छैनन् । उनीहरूको खोजीमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोली परिचालन भएको छ।
रसुवाका प्रहरी प्रमुख डीएसपी हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङको विराटनगरका २८ वर्षीय सुजन ढकाल र बेलवारीका मनोज न्यौपाने रहेका छन् । गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण उनीहरु डुबेको हुनसक्ने आँकलन गरिएको छ ।
बेपत्ताको खोजीका लागि नेपाली सेना श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानलाई आइतबार नै गोसाइँकुण्ड पुगेका छन् । चार हजार ३८० मिटरको उचाईंमा रहेको गोसाइँकुण्ड चौथाइ माइल फराकिलो नीलो पानीको सरोवर हो । गोसाइँकुण्ड ताल १ हजार ३० हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
Comments