82
काठमाडौं । गएका तीन दिनसम्म लगातार घटेको सुनको मूल्य आज (सोमबार) भने स्थिर छ । आज सुन प्रतितोला एक लाख ९३ हजार ६ सय रुपैयाँमै स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य हिजो प्रतितोला ११ सय रुपैयाँ घटेको थियो भने शुक्रबार पाँचसय र बिहीबार दुई हजार चार सय रुपैयाँ घटेको थियो ।
गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो । सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । आज चाँदीको मूल्य भने थोरै बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेर दुई हजार दुईसय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
Comments