काठमाडौँ । पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफुलाई पार्टीको सदस्यताबाट बन्चित गराउन नमिल्ने बताएकी छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै भण्डारीले पार्टीको विचार र सिद्धान्तप्रति प्रतिबद्ध हुदा हुदै आफुलाई पार्टीको सदस्यता हुनबाट बन्चित गराउन कदापि नमिल्ने बताएकी हुन् ।
उनले संबिधानले दिएको अधिकार विपरित पार्टीले आफ्नो सदस्यता नवीकरण नगर्ने निर्णय गरेकोप्रति आफुलाई दुख लागेको भन्दै भण्डारीले सबै एमालेका कार्यकर्तालाई नडराएर सत्यको पक्षमा लाग्न आव्हान समेत गरेकी छन् ।
उनले आफु पार्टीको सदस्य भएकैले पार्टीबाट राष्ट्रपतिसम्म भएको बताउदै भण्डारीले आफ्नो उद्धेश्य पार्टीमा सदस्य भन्ने, पार्टीलाई एकताबद्ध बनाउने र मुलुकलाई समृद्ध बनाउने भएको बताइन ।
उनले भनिन्- ‘म पार्टीको सदस्य भएकैले पार्टीबाट राष्ट्रपतिसम्म भएको हुँ । मेरो उद्धेश्य पार्टीमा सदस्य भन्ने, पार्टीलाई एकताबद्ध बनाउने र मुलुकलाई समृद्ध बनाउने हो । नेपालको संबिधानले म दलमा आवद्ध भएर जनताको काम गर्न कहिँ कतै रोक्दैन । संबिधानको प्रतिकुल हुने गरि पार्टी सदस्यबाट बन्चित गराउने निर्णय गर्नुपर्ने कुनै कारण छैन । राजनीतिमा संलग्न हुन पाउने मेरो संबैधानिक अधिकारविरुद्ध मलाई सदस्यता नदिने निर्णयले दुखि तुल्लाएको छ ।’
भण्डारीले पार्टीबाट नै राजनीति गर्ने निश्चय गरेपछि पार्टीको सदस्यता विधिपुर्वक नै नवीकरण गरेको बताउदै सदस्यता नवीकरण गर्नुको उद्धेश्य पनि पार्टीको राजनीतिमा सक्रिय हुने भएको स्पष्ट गरेकी छन् ।
साथै उनले नेकपा एमालेको केन्द्रीय कमिटीले गरेको निर्णय बारे पार्टीका नेता र सञ्चारमाध्यमबाट थाहा पाएको बताउदै यसअघि पनि पार्टी सदस्यता र पार्टीमा आफ्नो भूमिकाका विषयमा पार्टीका नेताहरुसँग पटक पटक कुरा हुदै आएको बताइन ।
साउन ४ गते पार्टी कार्यालय च्यासलमा आफुले विधिवत ढंगले सदस्यता नवीकरण गरेको र पार्टीमा सक्रिय हुने बारे जानकारी अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गरेको बताउदै उनले आफ्नो सदस्यता नवीकरण भइसकेकाले यस विषयमा छलफल गर्नुपर्ने विषय नै नभएको धारणा राखेकी थिइन् ।