लायन्स क्लब अफ बुटवल देउरालीद्वारा अस्पताल लाइन र नेपालगञ्ज रोडमा वृक्षारोपण

by समतल अनलाइन
95Shares

बुटवल।लायन्स क्लब अफ बुटवल देउरालीले बुटवलको अस्पताल लाइन र नेपालगञ्ज रोड क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। वातावरण संरक्षण तथा बजार क्षेत्रलाई हराभरा बनाउन क्लबले विभिन्न प्रजातिका बिरुवाहरू रोपेको हो।

कार्यक्रमका प्रमुख अतिथि पी.डी.जी. पीएमजेएफ लायन अर्जुनमान सैजुले लायन्स क्लब अफ बुटवल देउराली सामाजिक उत्तरदायित्व वहन गर्दै निरन्तर जनकल्याणकारी कार्यमा सक्रिय रहेको बताए।
“स्थानीय सरकारले गर्नुपर्ने धेरै काम क्लबहरूले आफ्नो पहलमा गरिरहेका छन्,” उनले भने, “क्लबले शिक्षा, स्वास्थ्य, विपन्न तथा असहायको सेवामा उल्लेखनीय भूमिका खेल्दै आएको छ।”

क्लबका अध्यक्ष एमजेएफ लायन माधवराज पोखरेलले क्लबको वार्षिक कार्यक्रमअनुसार वृक्षारोपण कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
“बुटवल बजार क्षेत्रमा सवारीसाधनको चाप बढ्दो छ, जसले वातावरण प्रदूषणको समस्या निम्त्याएको छ। यही कारण सडकलाई सफा, सुन्दर र हरियाली बनाउन वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो,” अध्यक्ष पोखरेलले बताए।

उनका अनुसार क्लबले विगतका वर्षदेखि नै वातावरण संरक्षणका लागि यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ।

कार्यक्रममा लायन्स सिर्जना सैजु क्लबका पूर्व अध्यक्ष तथा जोन चेयर पर्सन लायन रमेश पाण्डे, क्लबका पूर्व अध्यक्षहरू, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, तृतीय उपाध्यक्ष लगायतले मन्तव्य राखेका थिए।

कार्यक्रम क्लबका अध्यक्ष माधवराज पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो। स्वागत मन्तव्य क्लबका प्रथम उपाध्यक्ष लायन्स लालप्रसाद बस्यालले राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव मनोहर न्यौपानेले गरेका थिए।

Comments

You may also like