चार दिनपछि सुनको मूल्य ओरालो, तोलाको कतिमा हुुँदैछ कारोबार ?

by समतल अनलाइन
79Shares

काठमाडौं । नेपाली बजारमा लगातार बढिरहेको सुनको भाउ आज (बिहीबार) भने ओरालो लागेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै यसको प्रभाव नेपाली बजारमा देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको कारोबार मूल्य प्रति तोला एक लाख ९५ हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।

बुधबार सुन तोलामा २१ सय रुपैयाँ बढेर प्रति तोला १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबारका तुलनामा एक हजार ८ सय रुपैयाँ बढ्दा मंगलबार तोलाको एक लाख ९५ हजार ५ सय रुपैयाँ भएको थियो। साताको प्रारम्भमा कारोबार मूल्य एक लाख ९३ हजार ३ सय रुपैयाँ थियो।

चाँदीको मूल्य बिहीबार तोलामा १५ रुपैयाँ घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रति तोला २ हजार ३३५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी २० रुपैयाँ बढेर प्रति तोला २ हजार ३५० रुपैयाँ थियो । अघिल्लो दिनका तुलनामा ३५ रुपैयाँ बढ्दा मंगलबार तोलाको २ हजार ३ सय २० रुपैयाँ थियो ।

सोमबार चाँदी प्रति तोला २ हजार २८५ रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रति औंस ३३८२.८८ डलरमा कारोबार भइरहेको छ । चाँदी प्रति औंस ३९.६ डलर छ । बुधबार सुन प्रति औंस ३३८८.०३ डलर रहेको छ । चाँदी प्रतिऔंस ३८.६९ डलर थियो ।

Comments

You may also like