कस्तो छ आजको मौसम ?

by समतल अनलाइन
253Shares

काठमाडौं।देशभर मनसुन सक्रिय रहँदा आज अधिकांश ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा व्यापक वर्षा हुनसक्नेछ। उच्च पहाडी र हिमाली क्षेत्रमा वर्षासँगै हिमपातसमेत हुनसक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले आगामी २४ घण्टामा बाढी, पहिरो, डुबान, र नदी-नाला तथा हवाई–सडक यातायातमा प्रभाव पर्नसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम उच्च रहेकाले सुरक्षित रहन सबैलाई अनुरोध गरिएको छ।

You may also like

This will close in 0 seconds