64
चितवन । चितवनमा एक व्यक्ति मृत भेटिएका छन् । कालिका नगरपालिका–९ शक्तिखोर जङ्गलमा राप्ती नगरपालिका–११ का ५७ वर्षीय कृष्णबहादुर प्रजा मङ्गलबार साँझ मृत भेटिएका हुन् । गत असार २८ गते घरबाट कालिका निस्किएका प्रजा बेपत्ता भएका थिए ।
कालिका नगरपालिका–९ शक्तिखोर बस्ने छोरीलाई भेट्न गएका उनी सम्पर्कमा नआएपछि परिवार र आफन्तले खोजी गर्न थालेका थिए । प्रजाको शव सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।