63
बुटवल । रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक-१७ गते हुने प्रतिनिधिसभा उप निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अनलाइन आवेदन माग गरेको छ । रास्वपाले सोमबार एक विज्ञप्ती जारी गर्दै उम्मेदवार छनोट प्रक्रिया साउन ७ गतेबाट सुरु गर्ने जनाएको छ ।
रास्वपाको आधिकारिक उम्मेदवार बन्न इच्छुक व्यक्तिले पार्टीको न्यूनतम मापदण्ड र निर्वाचन आयोग नेपालको न्यूनतम कानुनी योग्यता पूरा गरेका व्यक्तिलाई कार्तिक ७ गते बिहान १० बजेदेखि २१ गते बेलुका ५ बजेसम्म दरखास्त गर्न सकिने बताएको छ । पार्टीको आधिकारिक मोबाइल एप डाउनलोड गरी सोही एपबाट अनलाइन दरखास्त दिन सकिने रास्वपाले जनाएको छ ।