57
चितवन।चितवनको खैरहनी नगरपालिका–१ मा सवारीसाधनको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ। मृत्यु हुनेमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–११ निवासी ३१ वर्षीय राम अवतार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालका अनुसार गएराति शाहीचोकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ३ च ६६१० नम्बरको बलेरो गाडीले पैदल हिँडिरहेका अवतारलाई ठक्कर दिएको थियो।
गम्भीर घाइते भएका अवतारलाई उपचारका लागि पुरानो मेडिकल कलेजमा लगिएको थियो। तर उपचारको क्रममा गए राति नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।