बुटवल। बुटवलको मैत्रीपथमा ‘नागरिक मल्टीस्पेसिलिटी हेल्थ सेन्टर’ सञ्चालनमा आएको छ । उपचारमा आएका विरामीलाई सहज र गुणस्तरीय सेवा दिनेगरी हेल्थ सेन्टर सञ्चालन गरिएको अध्यक्ष मेघदेव पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य क्षेत्रका अनुभवी युवाहरुको १ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको यो हेल्थ सेन्टरमा नम्र व्यवहार, विश्वासिलो ल्याब सेवा र औषधिमा सहुलियत प्रदान गरिनेछ । एउटै विरामीलाई धेरै ठाउँ धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै हेल्थ सेन्टरले एकै ठाउँबाट विशेषज्ञ सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ ।
सो हेल्थ सेन्टरमा वरिष्ठ फिजिसियन तथा रक्तरोग विशेषज्ञ डा. बिक्रम कार्की, बरिष्ठ बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेल, वरिष्ठ फिजिसियन तथा मृगौला रोग विशेषज्ञ डा. जगदिश पाण्डे, बरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. शर्मिला शर्मा, सुगर, प्रेसर, थाईराइड, पेट, छाति, दम तथा मुटुरोग विशेषज्ञ डा. आयुष्मा गौतम, मधुमेह, थाईराइड तथा हर्मोन रोग विशेषज्ञ डा. सुमन सिम्खडा, क्यान्सर रोग विशेषज्ञ डा. लोकेन्द्र कुँवर, ल्याप्रोस्कोपिक शल्य चिकित्सक डा. नविन श्रेष्ठ, हाडजोर्नी नशा तथा बाथ रोग विशेषज्ञ डा. सम्राट पराजुली, डा. कपिल गौतम, बालरोग विशेषज्ञ डा. जगदिश कुँवर, नाक, कान, घाँटी रोग विशेषज्ञ डा. देबेन्द्रराज बेलबासेले सेवा दिनेछन् ।

रेडियोलोजिस्ट डा. प्रशान्त आचार्य, डा. कुन्दन मरासिनी र डा. कबिराज भुसालले दैनिक भिडियो एक्सरे सेवा दिनेछन् । प्लास्टर, प्रयोगशाला, नेबुलाइजेसन, फार्मेसी सेवासँगै घरमै गएर ल्याब नमुना संकलन र औषधिको होम डेलिभरी सेवा पनि प्रदान गरिने अध्यक्ष पन्तले बताउनुभयो ।
शुभारम्भको अवसरमा एक हप्तासम्म निःशुल्क ओपीडी सेवा, विशेषज्ञ परामर्श निःशुल्क, प्रयोगशाला सेवामा २० प्रतिशत छुट, निःशुल्क सुगर र कोलेस्ट्रोल परीक्षण, हरेक दिन ५ जनालाई निःशुल्क थाईराइड परीक्षण, भिडियो एक्सरेमा ५० प्रतिशत छुट, ईसीजी, एक्सरे तथा औषधिमा विशेष छुटको व्यवस्था गरिएको छ ।
शुभारम्भकै दिन रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमबाट ३५ युनिट रगत संकलन गरिएको जानकारी गराइएको छ ।