नेपाल अटो मेकानिक्स ट्रेड युनियन ले २८ औ स्थापना दिवसको अवसरमा बुटबल बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटबल उद्योग वाणिज्य सघका अध्यक्ष हरि प्रसाद अर्यालले अटो मेकानिक्स ट्रेड युनियनले स्थापना दिवसको अबसरमा रक्तदान जस्तो महत्वपूर्ण कार्यक्रम राखेमा धन्यवाद व्यक्त गनुभयो । बुटबलमा बिरामी संख्या दैनिक बढदै गएको र रगत अभाव बढदै गएको हुदा यस्ता रक्तदान कार्यक्रमले ठुलो राहत पुग्ने वताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल अटो मेकानिक्स ट्रेड युनियनका निवर्तमान केन्द्रीय अध्यक्ष जिवन अधिकारीले रगतको अभावले कसैको ज्यान गुमाउन नपरोस भन्ने उद्धेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । ट्रेड युनियनले विगतका बर्षहरु देखि नै स्थापना दिवसको अबसरमा यस्ता महत्वपूर्ण कार्यक्रहरु काम गदै आएको जानकारी दिनुभयो ।
कार्यक्रमबाट ८१ युनिट रगत सङकलन गरियको कार्यक्रम संयोजक कृष्ण घिमिरेले जानकारी दिनुभयो ।
कार्यक्रम नेपाल अटो मेकानिक्स ट्रेड युनियन अध्यक्ष गणेश भट्टराईको अध्यक्षयता कार्यक्रम संयोजक कृष्ण कृष्ण घिमिरेको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।