140
बुटवल ।कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ मा सर्पदंशका कारण १४ महिने शिशु सङ्गीता पासवानको मृत्यु भएको छ। झगरु पासवानकी छोरी सङ्गीतालाई गएराति सुतिरहेको अवस्थामा सर्पले डसेको थियो।
सर्पदंशपछि अचेत भएकी उनलाई तत्काल बहादुरगञ्ज अस्पताल पुर्याइएको थियो। तर त्यहाँ उपचार सम्भव नहुँदा गोरुसिङ्गे सर्पदंश उपचार केन्द्र लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको केन्द्रका व्यवस्थापक नवीन भण्डारीले जानकारी दिए।
स्थानीयवासीका अनुसार गाउँमा सर्पको त्रास बढ्दो छ तर समयमा उपचार नपाउँदा ज्यान गुमाउने क्रम रोकिएको छैन। प्रभावकारी स्वास्थ्य सेवा र सर्पदंश उपचार पहुँच नहुँदा समस्या झनै गम्भीर बन्दै गएको भन्दै उनीहरूले तत्काल स्वास्थ्य पूर्वाधार सुधारको माग गरेका छन्।