सुनसरीमा गोली हानेर किशोरीको हत्या

by समतल अनलाइन
Shares

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका– ६ मा गोली प्रहार गरी एक किशोरीको हत्या भएको छ । हरिनगर गाउँपालिका–६ घुस्कीमा आइतबार राति करिब १ बजे गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या भएको हो ।

किशोरीलाई उनकै भिनाजुले गोली प्रहार गरेको देखिएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिएका छन् । आइतबार राति करिब १ बजे भारतको पत्राहा पञ्चायत–१६ घुर्नाका २९ वर्षीय आजात मिया जटले किशोरीको टाउकोमा गोली प्रहार गरेका थिए ।

उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थलमा एउटा खोका फेला परेको छ । घटनापछि मिया फरार छन् । फरार भएका मियाको खोजी भइरहेको तिम्सिनाले बताएका छन् । गोली प्रहारको कारण खुलिनसकेको तिम्सिनाले जानकारी दिए । घटनास्थल भारतीय सीमा क्षेत्र नजिकै पर्छ ।

You may also like

This will close in 0 seconds