166
बर्दिया । नेपाल पत्रकार महासंघका पूर्व केन्दीय उपाध्यक्ष कृष्णप्रसाद बस्याल (राकेश) को आइतबार मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एंव डीएसपी चक्र डमर पालका अनुसार शिक्षण अस्पताल नेपालगञ्जमा उपचारको क्रममा उनको राति मृत्यु भएको हो। हुलाकी सडकको सोही पालिका–८ स्थित गणेश चोकमा मोटरसाईकल अनियन्त्रित भई पछाडि बसेका बस्याल गम्भीर घाइते भएका थिए। साइकल यात्रुलाई जोगाउँदा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो,’ उनले भने।
previous post