बुटवल । रुपन्देही-३ को उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले ६ जनाको नाम सिफारिस गरेको छ ।
आइतबार बसेको जिल्ला कार्यसमितिको कार्यसम्पादन समितिको बैठकले आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनको उम्मेदवारको लागि जिल्ला अध्यक्षसहित ६ जनाको नाम सिफारिस गरेको हो ।


राप्रपाबाट उम्मेदवारका लागि रुपन्देहीका अध्यक्ष सागर प्रताप राणा, केन्द्रीय सदस्य बसन्त विक्रम शाही, सिद्धार्थनगर नगरपालिका सदस्य गौरव बोहरा, प्रज्ज्वल बोहरा, केन्द्रीय सदस्य स्वाती थापा र जिल्ला प्रवक्ता एवं अधिवक्ता दिलीप कुमार मल्लिकको नाम सिफारिस गरिएको छ ।
गौरव र प्रज्ज्वल स्वर्गीय दिपक बोहोराका छोरा हुन् भने स्वाती नातिनी हुन् ।
राप्रपाबाट निर्वाचित दीपक बोहराको निधनपछि अगामी कार्तिक १७ रुपन्देही-३ मा उपनिर्वाचन हुन लागेको छ। बोहोराले एमालेको सहयोगमा २०७९ को आम निर्वाचनमा कांग्रेसका बालकृष्ण खाँणलाई पराजित गरेका थिए ।