रसुवा बाढी : ११ जनाको शव फेला, १७ अझै बेपत्ता

by समतल अनलाइन
Shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता ११ जनाको शव फेला परेको छ । सरकारले आइतबारसम्म ११ जनाको शव फेला परेको जानकारी दिएको हो । आइतबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले हालसम्म ११ जनाको शव फेला परेको बताए ।

उनले कुनै मानव अंग मात्रै पनि फेला परेको बताए । अहिलेसम्म पनि १७ जना बेपत्ता रहेको जानकारी दिए । उनकाअनुसार उक्त घटनाको खोज, उद्धारका लागि १ हजार ९ सय ५० जना सुरक्षाकर्मी परिचालित गरिएको छ । स्थल उद्धार ७४९ जना, हवाई उद्धार २ सय जनाको भएको पनि बताए । २३ वटा कार्गो सेन्टर कन्टेनर ट्रक, ४७ वटा विद्युतीय गाडी, ६ वटा सिंगो सवारीहरु बगेको बताए ।

२ वटा पुल पूर्ण रुपमा क्षति भएको र एउटामा आंशिक क्षति पुगेको बताए । स्याँफ्रुबेसीबाट टिमुरेसम्मको १६ किलोसिमटर सडक धेरै ठाउँमा क्षति भएको बताए । उक्त सडक खण्डमा ठाउँ ठाउँमा गरेर १ हजार २ सय मिटर सडक पूर्णरुपमा क्षति भएको बताए । तीन वटा हाइड्रोमध्ये रसुवागढी ११० मा धेरै क्षति भएको बताए । बाढीले पुल बगाएसँगै तत्कालका लागि रसुवा—चीनको आवतजावत पूर्णरुपमा बन्द भएको बताए ।

You may also like

This will close in 0 seconds