बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

by समतल अनलाइन
Shares

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) छापावाल सुनको मूल्य तोला ११ सयले बढेर तोलाको एक लाख ९२ हजार ९०० मा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुन तोलाको एक लाख ९१ हजार ८०० मा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलामा ६५ रुपैयाँले बढेर तोलाको २२८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

You may also like

This will close in 0 seconds