भारतले धौलीगंगा बाँधको ढोका खोल्दै, सतर्कता अपनाउन आग्रह

by समतल अनलाइन
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। भारतस्थित धौलीगंगा जलविद्युत् परियोजना बाँधको ढोका आज (शुक्रबार) राति १२ बजेदेखि खोलिने भएकाले महकाली नदीको तल्लो तटीय क्षेत्रमा पर्सी आइतबार बिहानसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको हो।

भारतले जलविद्युत् परियोजनाको सिल्ट सरसफाइ कार्यका लागि आज शुक्रबार राति १२ बजेदेखि भोलि शनिबार अपराह्न १२ बजेसम्म बाँधको ढोका खोल्न लागेको हो। जसका कारण महाकाली नदीको जलसतह बढ्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको हो ।

You may also like

This will close in 0 seconds