ढाका । साफ महिला यु–२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले भुटानलाई ६–१ गोलले हराएको हो । ढाकाको बसुन्धरा किंग्स एरिना रंगशालामा भएको खेलमा नेपालका लागि पूर्णिमा राईले ह्याट्रिकसहित चार गोल गरिन् । उनले १८, ६२ र ८४औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।
नेपालले भुटानलाई पहिलो हाफमा ३ गोल प्रहार गर्यो । दोस्रो हाफमा भुटानले एक गोल फर्काउँदा नेपालले तीन गोल गर्यो । नेपालका लागि खेलको नवौं मिनेटमा सेनु परियारले गोल गरिन् । १५औं मिनेटमा सेनु परियारले पूर्णिमा राईलाई दिएको पासमा भएको गोल अफ साइड भयो ।


खेलको १८ औँ मिनेटमा वर्षा ओलीले दायाँबाट गरेको क्रसमा पूर्णिमा राईले दोस्रो बारमा गोल गर्दै नेपाललाई २–०को अग्रता दिलाइन् । नेपालले पहिलो हाफमा तेस्रो गोल भने थप गरिएको समयमा गर्यो । नेपालका लागि सेनु परियारले बक्स भित्रबाट गोल गरिन् । खेलको ५४औँ मिनेटमा भुटानले गोल फर्कायो । भुटानका लागि केल्डेन वाङ्मोले नेपालबाट राम्ररी डिफेन्स नभएको बलमा बायाँ तर्फबाट गोल गरिन् ।
६३औं मिनेटमा नेपालका लागि पूर्णिमा राईले व्यक्तिगत दोस्रो र नेपालका लागि चौथो गोल गरिन् । नेपालको लागि आजको खेलमा पहिलो रोजाइमा पर्दै अमिषा राईले पहिलो रोजाइमा पर्दै उमेर समूहमा डेब्यु गरिन् । मिना देउबाले खेलको ८२औं मिनेटमा सेना परिवारलाई खेलको ८४औं मिनेटमा पूर्णिमा राईले ह्याट्रिक पुरा गरिन् । ८८औँ मिनेटमा मिनेटमा व्यक्तिगत चौथो र नेपालका लागि छैटौं गोल गरिन् । नेपालले दोस्रो खेल १३ जुलाईमा घरेलु टिम बंगलादेशसँग खेल्ने छ ।