काठमाडौंको आगामी आवको बजेट सीमा २५ अर्ब ११ करोड

by समतल अनलाइन
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि रु २५ अर्ब ११ करोडको बजेट सीमा निर्धारण गरेको छ ।

आन्तरिक विवादका कारण कामपाले बजेट ल्याउने समयसीमाभन्दा ढिला बजेट ल्याउन लागेको हो । कामपाका प्रमुख बालेन्द्र साह ‘बालेन’को अध्यक्षतामा आज बसेको राजस्व परामर्श समितिको बैठकले सो बजेट सीमा निर्धारण गरेको हो । आजै बसेको महानगरको ४०औँ कार्यपालिका बैठकले आगामी आइतबार १७ औँ नगरसभा अधिवेशन बस्ने निर्णय गरेको छ । सोही दिन बिहान कार्यपालिका बैठक बस्ने महानगर प्रमुख साहले बताए ।

महानगरले चालु आर्थिक वर्षका लागि गतवर्ष रु २४ अर्ब ९० करोड बजेट ल्याएको थियो । आगामी आवका लागि चालु आवको तुलनामा रु २१ करोड वृद्धि गर्ने गरी सीमा निर्धारण गरेको हो । राजस्व परामर्श समितिको बैठकमा प्रमुख साहले जनचाहनाअनुरूप विकास गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका थिए । चालु आवको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने निर्णयसमेत समितिले गरेको छ ।

You may also like

This will close in 0 seconds