58
काठमाडौं । कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को गोलमा एएफसी एसियन कप छनोट अन्तर्गत श्रीलंकाविरुद्ध नेपालले दुई गोलको अग्रता बनाएको छ । उज्वेकिस्तानमा भइरहेको खेलको पहिलो हाफ जारी रहँदा नेपालले २–० को अग्रता बनाएको हो ।
पहिलो हाफको सातौं मिनेटमा नेपालकी अनिता बस्नेतको कर्नरमा गीता रानाले हेड गर्दै नेपाललाई १–० को अग्रता दिलाइन् । पहिलो हाफको २० औँ मिनेटमा कप्तान सावित्रा भण्डारीको गोलमा नेपालले अग्रता दोब्बर पारेको थियो । डिफेन्डर समीक्षा घिमिरेको प्रहार श्रीलंकाकी गोलरक्षकले पन्च गर्दै जोगाएको बलमा अनिता बस्नेतको लो क्रसमा साम्बाले गोल गरेकी हुन् ।