जीपको ठक्करबाट एकजनाको मृत्यु

by समतल अनलाइन
96Shares

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका–३ दैजी बजारमा जीपको ठक्करबाट एक जनाको ज्यान गएको छ। मङ्गलबार राति विपरीत दिशाबाट आएको जीपले मोटरसाइकलमा सवार ४१ वर्षीय दीपक चन्दलाई ठक्कर दिएको हो।

गम्भीर घाइते भएका चन्दको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिए।

ठक्कर दिने जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भीमदत्त नगरपालिका–४ गोवरियाका स्थायी बासिन्दा चन्द दैजीमा हार्डवेयर पसल सञ्चालन गर्दै आएका थिए।

Comments

You may also like