क्यानन माविमा एसईई दिने विद्यार्थीलाई बधाई तथा सम्मान

by समतल अनलाइन
Shares

बुटवल ।बुटवल सुख्खानगरस्थित क्यानन माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सहभागी भएका विद्यार्थीलाई बधाई तथा सम्मान गरेको छ ।
मंगलबार विद्यालयले एक कार्यक्रमका बीच एसईई दिएका ५८ जना विद्यार्थीलाई बधाईसहित सम्मान गरेको हो ।सम्मानित विद्यार्थीमध्ये १० जनाले ए प्लस, २१ जनाले ए र २७ जनाले बी प्लस ग्रेड प्राप्त गरेका छन् ।कार्यक्रममा विद्यालयका प्रिन्सिपल शंकर भण्डारीले परीक्षामा राम्रो परिणाम ल्याउने विद्यार्थीको मेहनतको प्रशंसा गर्दै भविष्यमा अझ राम्रो गर्न हौसला प्रदान गरे ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर पौडेलले क्याननको शैक्षिक गुणस्तर र विद्यार्थीको निरन्तर मेहनतको परिणाम सुखद रहेको बताए ।कार्यक्रममा अभिभावक, शिक्षक, विद्यालय परिवार र विद्यार्थीको उत्साहजनक उपस्थिति रहेको थियो ।

You may also like