होराइजन गौतम बुद्ध स्कूलले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान

by समतल अनलाइन
Shares

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१, ड्राइभर टोलस्थित होराइजन गौतम बुद्ध स्कूलले एसईई २०८१ मा सफल भएका विद्यार्थीहरूलाई बधाई, शुभकामना र सम्मान गरेको छ।

मंगलबार आयोजित कार्यक्रममा विद्यालयले परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई प्रमाणपत्र, अवार्ड र मिठाईसहित सम्मान गरेको हो। विद्यालयका अनुसार परीक्षामा सहभागीमध्ये करिब ७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने एक जना विद्यार्थीले ४.० जिपिए ल्याउन सफल भएका छन्।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल गोपाल आचार्यले विद्यार्थीहरूलाई मेहनती र अनुशासित बन्न आग्रह गर्दै जीवनमा प्राप्त नतिजाभन्दा निरन्तर लगनशीलता महत्वपूर्ण हुने बताए। उनले भने, “विद्यार्थी जीवन केवल परीक्षा पास गर्ने मात्र होइन, आत्मविकास गर्ने समय पनि हो। तपाईंहरू सबैको भविष्य उज्यालो होस् भन्ने हाम्रो कामना छ।”

प्रिन्सिपल आचार्यले विद्यालयले गुणस्तरीय शिक्षाका लागि निरन्तर सुधार गर्दै आएको र आगामी दिनमा अझ प्रभावकारी रूपमा विद्यार्थीको क्षमता विकासमा काम गर्ने बताए।

कार्यक्रममा अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, पूर्वविद्यार्थी र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

You may also like