काठमाडौंमा लिफ्ट बनाउने क्रममा चार तलाबाट खसेर दुई कामदारको मृत्यु

by समतल अनलाइन
Shares

काठमाडौं । दरबारमार्गमा लिफ्ट बनाउने क्रममा चार तलाबाट खसेर दुई कामदारको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा कैलाली घर भएका अन्दाजी ३० वर्षका प्रदेशी चौधरी र बर्दिया घर भएका अन्दाजी २० वर्षका विशाल चौधरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले जानकारी दिए ।

सोमबार अपराह्न ५ बजेतिर दरबारमार्गस्थित हिटीपोखरी नजिक पोतला डेभलप्मेन्ट प्रालिले बनाउँदै गरेको ९ तले पक्की घरको चौथो तलाबाट उनीहरू खसेको एसपी बोहराले बताए । लिफ्टमा ग्रिज लगाउन भन्दै चढेका उनीहरू फलामको सिक्री चुँडिएर भुँईमा खसेका थिए । गम्भीर घाइते भएका उनीहरूलाई वीर अस्पताल लगिएकोमा अपराह्न सवा ५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

You may also like