200
			
		
		
			
            
				            
			
			        
    बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ।
निर्वाचन आयोगले उपनिर्वाचनको मिति तय गरेको हो। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार उक्त मितिमा उपनिर्वाचन सम्पन्न गर्ने निर्णय गरिएको छ।
२०७९ सालको मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि सो क्षेत्र प्रतिनिधित्वविहीन बनेको थियो। गत चैतमा बोहराको निधन भएको थियो।
उक्त क्षेत्रको रिक्तता कायम रहेकाले अब उपनिर्वाचनमार्फत नयाँ जनप्रतिनिधि चयन गरिने भएको हो।
२०७९ को चुनावमा बोहराले एमालेसँग तालमेल गर्दै प्रतिस्पर्धा गरेका थिए। उनले नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई २,६८१ मतान्तरले पराजित गर्दै विजयी भएका थिए।
 
			        

 
												 
														

