किसान संघको बुटवलमा रोपाई , किसानका समस्या समाधानमा जोड

by समतल अनलाइन
Shares

बुटवल । नेपाल किसान महासंघ, लुम्बिनी प्रदेश, जिल्ला कार्यसमिति रुपन्देहीले २२ औं राष्ट्रिय धान दिवसको अवसरमा आइतबार बुटवल उप–महानगरपालिका–१९ मा धान रोपाइँ गरेर दिवस मनाएको छ । किसान राजेन्द्र क्षेत्रीको खेतमा रोपाइ गरिएको हो । सो अववसरमा बोल्दै नेपाली कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले देशलाई कृषिमा आत्मनिर्भर बनाउन खेतीयोग्य जमिनको खण्डीकरण रोक्नुपर्नेमा जोड दिए ।

नेता पुनले मलखाद उपलब्ध नहुँदा किसान सबै समस्या रहेको बताउँदै सरकारले प्रयाप्त मात्रामा समयमा उपलब्ध गराउन आग्रह समेत गरे । सरकारी अनुदानमा पारदर्शिता नभएको भन्दै उनले वास्तविक किसानको पहुचमा पु¥याउनुपर्ने उनको भनाइ थियो । किसान महसंघ लुम्बिनी प्रदेशका अध्यक्ष रीता केसी नेपालमा कृषि पेशामा संलग्न रहेका किसानहरुले संगठित गर्दै अघि बढेको बताइन् ।
उनले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउदै परम्परागत रैनाथे बालीको पनि संरक्षण गर्ने योजना सरकारले ल्याउन आवश्यक रहेकोमा उनको जोड थियो । धान उत्पादन वृद्धिको लागि बीउ उत्पादन, प्रविधि प्रदर्शन, सिँचाइ, सघनता वृद्धि, चैते धान प्रवद्र्धन, रैथाने जात संरक्षण लगायतका विविध कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनले जोड दिइन । सो अवसरमा रोपारेहरुले असारे गीत गाउँदै पञ्चेबाजामा नाचेर रोपाइ उत्सव समेत मनाएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला र प्रदेश तहका नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाका सचिव छाया पोखरेलले गरेका थिए ।

You may also like