73
काठमाडौं । सुडानको रक्तपातपूर्ण गृहयुद्धमा खार्तुमको सेनाले रासायनिक हतियारको प्रयोग गरेको भन्दै सुडान सरकारमाथि अमेरिकाले प्रतिबन्ध लागू भएको घोषणा गरेको छ । अमेरिकी सरकारले फेडरल रजिस्टरमा प्रकाशित गरेको सूचनामा अमेरिकी निर्यात, हातहतियार बिक्री र खार्तूममा सरकारलाई आर्थिक सहायतामा लगाइएको प्रतिबन्ध कम्तीमा एक वर्षका लागि कायम रहने जनाएको छ ।
प्रतिबन्धअन्तर्गत सुडानलाई अत्यावश्यक मानवीय सहायता र खाद्यान्न, कृषिजन्य वस्तु र उत्पादनबाहेक अरू सहायता बन्द गरिने अमेरिकाले जनाएको छ । यद्यपि, केही सुविधामा आंशिक रूपमा माफी गरिने सूचनामा उल्लेख छ । न्युयोर्क टाइम्सले जनवरीमा सुडानको सेनाले अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) सँगको युद्धमा दुर्गम क्षेत्रमा कम्तीमा दुई पटक रासायनिक हतियार प्रयोग गरेको उल्लेख गरेको थियो ।
previous post