तिलोत्तमाको सामुदायिक विद्यालय ‘शान्ति नमूना’ का १८ विद्यार्थीलाई एसईईमा ४ जीपीए

by समतल अनलाइन
301Shares

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मा अवस्थित शान्ति नमूना माध्यमिक विद्यालयका १८ जना विद्यार्थीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उच्चतम ग्रेड ४ जीपीए हासिल गरेका छन्।

विद्यालयका कूल ६०९ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। उत्कृष्ट प्रदर्शन गर्ने १८ जना विद्यार्थीहरूमा सर्वदा विश्वकर्मा, मोहम्मद रेहान खान, सरिता यादव, सेवा रेग्मी, स्वप्निल गैह्रे, सेलिना लामा, सौगात पाण्डे, सुसन पंगेनी, अनिल ज्ञवाली, अप्सन पौडेल, सृजन घिमिरे, शिशिर सुसाल, शिवानी डुम्रे, सुसान्त अर्याल, आशिष पाण्डे, अनिश भुसाल, सन्देश न्यौपाने र किस्मत थापा छन्।

विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले उत्कृष्ट नतिजा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको समन्वय र कडा मेहनतको फल भएको बताउनुभयो । उहाँले विद्यालयले आगामी वर्षहरूमा पनि शैक्षिक गुणस्तरमा अझ सुधार ल्याउने प्रतिबद्धता गर्नुभयो ।

विभिन्न ग्रेडमा विद्यार्थीहरूको अवस्था:
एसईई नतिजा अनुसार शान्ति नमूना माविका विद्यार्थीहरूले विभिन्न ग्रेडमा उल्लेखनीय उपस्थिति जनाएका छन्।

३.९६ देखि ३.९९ जीपीए ल्याउने: २२ जना

३.९० देखि ३.९५ जीपीए ल्याउने: १४ जना

३.६० देखि ३.८९ जीपीए ल्याउने: १७१ जना

३.२० देखि ३.५९ जीपीए ल्याउने: २०९ जना

२.८० देखि ३.१९ जीपीए ल्याउने: ११२ जना

२.४० देखि २.७९ जीपीए ल्याउने: १४ जना

विद्यालयको समग्र नतिजा हेर्दा उत्कृष्ट ग्रेड प्राप्त गर्ने विद्यार्थीहरूको संख्या उल्लेखनीय रहेको छ। यसले विद्यालयको शैक्षिक प्रतिबद्धता र गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रयासलाई झल्काउँछ।

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार, नेपालभर ३.६० देखि ४.०० जीपीए बीचका विद्यार्थीहरूको संख्या ४८ हजार १७७ रहेको छ। यो तथ्याङ्कले पनि शान्ति नमूना विद्यालयका विद्यार्थीहरूको प्रदर्शन राष्ट्रव्यापी रूपमा प्रतिस्पर्धात्मक रहेको देखाउँछ।

Comments

You may also like