एसईई नतिजा: ४८ हजारभन्दा बढी विद्यार्थीले ३.६ देखि ४ जीपीए

by समतल अनलाइन
158Shares

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार यस वर्ष ४८ हजार १७७ जना विद्यार्थीले ३.६ देखि ४.० जीपीए हासिल गरेका छन्।

उच्च जीपीए ल्याउने विद्यार्थीहरूको यो संख्या विगत वर्षको तुलनामा उल्लेखनीय मानिएको छ।

यसैबीच, यस वर्षको नतिजा अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा सुधार भएको छ। गत वर्ष २०७९ मा ४७.८६ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए भने यस वर्ष त्यो संख्या बढेर ६१.८१ प्रतिशत पुगेको छ। यसले १३.९५ प्रतिशतको सुधार देखाएको हो।

बोर्डका अनुसार कुल ४ लाख ३८ हजार ८९६ जना नियमित परीक्षार्थी परीक्षा दिएकामा धेरै विद्यार्थी मध्यमदेखि उच्च जीपीएको समूहमा परेका छन्।

शिक्षाविद्हरूले यस वर्षको सुधारलाई सकारात्मक मान्दै विद्यालय तहको तयारी प्रक्रिया, शिक्षण गुणस्तर तथा मूल्याङ्कन प्रणालीमा आएको परिवर्तनको संकेतको रूपमा हेरेका छन्।

Comments

You may also like