काठमाडौं । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शुक्रबार सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यो वर्ष देशभरबाट परीक्षा दिएका विद्यार्थीमध्ये झण्डै ४ लाख ८५ हजार बढी विद्यार्थी परीक्षामा सहभागी भएका थिए।

सार्वजनिक नतिजा अनुसार सबैभन्दा धेरै बागमती प्रदेशका विद्यार्थी उत्तीर्ण भएका छन् भने अन्य प्रदेशहरूको नतिजा यस प्रकार छः
🔹 बागमती प्रदेश — १ लाख १९ हजार ५१७ जना
🔹 मधेश प्रदेश — ५९ हजार ७४९ जना
🔹 सुदूरपश्चिम प्रदेश — ५९ हजार ८०४ जना
🔹 लुम्बिनी प्रदेश — ५७ हजार ६८७ जना
🔹 गण्डकी प्रदेश — ४७ हजार ८४९ जना
🔹 कोशी प्रदेश — ४७ हजार ८३५ जना
🔹 कर्णाली प्रदेश — ४६ हजार ४५५ जना
उत्तीर्ण हुनेको सङ्ख्याका आधारमा बागमती प्रदेश पहिलो, मधेश दोस्रो र सुदूरपश्चिम तेस्रो स्थानमा छन्। लुम्बिनी प्रदेश ५७ हजार ६८७ उत्तीर्णसहित चौथो स्थानमा परेको छ।
यस वर्ष परीक्षा दिएमध्ये कति जना कुन ग्रेड ल्याएर उत्तीर्ण भए भन्ने विस्तृत विवरण बोर्डले चाँडै सार्वजनिक गर्ने जनाएको छ। यस वर्षदेखि ग्रेडिङ प्रणालीमै केही सुधार गरिएको छ भने परीक्षाको मूल्याङ्कन प्रणालीमा समेत केही नयाँ प्रयोग गरिएको बोर्डले जनाएको छ।
विद्यार्थीले नतिजा एसएमएस, वेबसाइट र मोबाइल एपमार्फत हेर्न सक्ने व्यवस्था गरिएको छ।