अर्घाखाँचीमा दाजुले बञ्चरो प्रहार गरी भाइको हत्या

by समतल अनलाइन
157Shares

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका–६ पाखापानीमा दाजुले बञ्चरो प्रहार गरी आफ्नै भाइको हत्या गरेका छन्।

इलाका प्रहरी कार्यालय ठाडाका अनुसार ४२ वर्षीय विष्णुबहादुर बादीले बिहीबार राति ३२ वर्षीय भाइ बमबहादुर बादीको टाउकोमा बञ्चरो प्रहार गरी घाइते बनाएका थिए।

प्रहरी निरीक्षक दीपकसिंह बिष्टका अनुसार दुवै दाजुभाइले मदिरा सेवन गरिरहेको बेला आपसी झगडा सुरु भएको थियो। झगडा उग्र बन्दै जाँदा विष्णुबहादुरले बञ्चरो प्रयोग गरी भाइ बमबहादुरमाथि आक्रमण गरेका हुन्।

गम्भीर घाइते भएका बमबहादुरलाई उपचारका लागि तत्कालै प्राथमिक स्वास्थ्य केन्द्र ठाडा लगिएको थियो। तर उपचारकै क्रममा शुक्रबार बिहान १ बजे चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।

स्थानीयका अनुसार उनीहरूबीच पहिले पनि विभिन्न कारणले विवाद हुँदै आएको थियो।

हत्या पछि फरार रहेका विष्णुबहादुरलाई प्रहरीले बिहीबार राति नै लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comments

You may also like