कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका स्थापना भई छोटो समयमा सयौं विद्यार्थीको रोजाई बन्न सफल ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ ले खेलकुद क्षेत्रमा पनि योगदान दिन थालेको छ । अध्यापन तथा रोजगारीका लागि कोरीया र जापान जानका लागि कोरीयन र जापनिज भाषा अध्यापन गराईरहेको उक्त संस्थाले युवा क्लवलाई खेलकुद सामग्री प्रदान गरि उदाहरणिय कार्य गरेको छ ।

बाणगंगा १ उत्तमनगरमा रहेको उत्तमनगर फुटबल क्लवलाई फुटबल, भलिबल, नेट साथै विभिन्न खेल सामग्री प्रदान गरिएको संस्थाले जनाएको छ । खेल सामग्री प्राप्त गर्दै युवाहरुले ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ ले भषा अध्यापन मात्र नभई खेलकुद क्षेत्रमा पनि चासो दिएको भन्दै धन्यवाद ज्ञापन गरेका थिए ।

बाणगंगा नगरपालिका १ चार नम्बर जितपुर स्थित एन आई सी एसीया बैंक भएको घरमा उक्त संस्थाको कार्यालय रहेको छ । स्थापनको छोटो समयमै सयौं विद्यार्थीहरु भर्ना भईसकेको छन् भने कक्षाहरु धमाधम संचालन भईरहेका छन् ।
धेरै समय अगाडि देखि कोरीयन भाषा अध्यापन गरेका दक्ष तथा अनुभवी एवम् ईपिएस लेवल वान र टु पास गर्न सफल महेश आचार्य र माधव घिमिरे तथा अध्यापन धेरै समय अगाडि देखि अध्यापन गराई जापानमै धेरै बर्ष समय बिताउनुभएका जापनीज भाषा प्रशिक्षक गणेश खनालले उक्त संस्था स्थापना गर्नुभएको हो ।
यस शैक्षिक संस्थाले अध्यापन गराएर शुल्क लिने काम मात्र नगर्ने भन्दै विद्यार्थीहरुको माग र आवश्यकतालाई मध्यनजर गर्दै अगाडि बढ्दै जाने तीनै जना संचालकले बताएका छन् ।
प्रोजेक्टर लगायत आधुनिक शैक्षिक सामग्रीबाट अध्यापन, उत्कृष्ट पुस्तकालयको व्यबस्था, दक्ष एवम् अनुभवि प्रशिक्षकद्धारा अध्यापन, पुराना तथा बाहिरि जिल्लाबाट आएका विद्यार्थीहरुलाई विशेष छुट लगायतका सुविधाहरु रहेको संस्थाले जनाएको छ ।