विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

by समतल अनलाइन
Shares

काठमाडौं । सत्तारुढ नेकपा एमालेले पार्टीका नेतृद्वय विन्दा पाण्डे र उषाकिरण तिमल्सेनाको निलम्बन फुकुवा गरेको छ । आज (बुधबार) बसेको पार्टीको सचिवालय बैठके उनीहरूको निलम्बन फुकुवा गरेको पार्टी उपमहासचिव प्रदीव ज्ञवालीले बताए ।

यसअघि एमालेले स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य उषाकिरणलाई ६ महिनाका लागि जिम्मेवारी खोसेको थियो। पार्टी कार्यालय निर्माणका विषयमा पार्टीको नीति विपरीत सार्वजनिक टिप्पणी गरेपछि एमालेले उनीहरूको जिम्मेवारी खोसेको थियो । त्यसअघि उनीहरूसँग स्पष्टीकारण माग गरिए पनि चित्तबुझ्दो जवाफ नआएको उपमहासचिव ज्ञवालीले बताएका थिए । त्यस्तै नेता भीम रावललाई पार्टीबाटै निस्काशन गरिएको थियो ।

You may also like