छाउगोठमै २१ वर्षीय युवतीको गयो ज्यान

by समतल अनलाइन
Shares

छाउगोठमै एक किशोरीको मृत्यु भएको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ । अछामको साँफेबगर नगरपालिका ३ की २१ वर्षीया पार्वती बुढा रावतको छाउपडी गोठमा ज्यान गएको हो । पार्वती सोमबार बिहान गोठमै मृतअवस्थामा फेला परेकी थिइन् । इलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी निरीक्षक नरपति भट्टले मृतकको शरीरमा कुनै चोटपटक नदेखिएको बताए । उनले चिसोले कठ्याङ्ग्रिएर ज्यान गएजस्तो देखिएको बताए ।

You may also like

skip


This will close in 5 seconds