तिलोत्तमाका किसानलाई किसान सेवा कार्ड वितरण,प्रबिधिसंग जोड्नुपर्ने भनाई

by समतल अनलाइन
Shares

बुटवल । तिलोत्तमा नगरपालिकाले किसानहरुलाई कृषक सेवा कार्ड वितरण शुरुवात गरेको छ।परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी प्रबिधीमा आधारित व्यवसायिक रुपमा कृषि खेति गर्नका लागि तिलोत्तमा-१४ टिकुलिगढ़मा कार्ड वितरण शुरु गरिएको हो।

सो अवसरमा कृषि क्षेत्रको प्रबर्द्धन गर्न सो कार्ड वितरण गरिएको नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो। नगरपालिकाका ग्रामीण भेगका किसानहरुलाई कृषि उत्पादनमा आवश्यक मल बिऊ बिजन सिंचाई र अनुदानका लागि कृषक सेवा कार्डले ठुलो योगदान दिने नगरप्रमुख खाणले जिकिर गर्नुभयो।कृषकका पसिनाले आर्जेको उत्पादनलाई बजारीकरण गर्न नगरपालिकाले ठुलो योजना बनाएको बताउंदै उहाँले कृषि क्षेत्रमा लगानी गर्नको लागि नयाँपुस्तालाई अग्रसर गराउनुपर्ने समेत बताउनुभयो।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर १४ का अध्यक्ष अस्बिंन पौडेलले किसान कार्डमार्फत कृषकहरुले आफूलाई आवश्यक परेको कृषि सामग्रीहरु, बीऊ, मल, किटनाशक औषधी लगायतका सामानहरु सहुलियतमा नजिकको पसलबाट खरिद गर्न र अनुदान प्राप्त गर्न समेत सहज हुने बताउनुभएको थियो। कार्यक्रमको शुरुवात गर्दै पहिलो चरणमा १९ जना कृषकलाई सो कार्ड बितरण गरिएको थियो। कार्यक्रममा वडा सदस्य भुपाल सिंह छन्तेल, बिष्णुमाया पुन, सन्तवीर चौधरी, कृषि शाखा प्रमुख दोमलाल भुसाल, कृषि अधिकृत राम प्रसाद खनाल, सौरभ बस्ताकोटी, वडा सचिव तेजेद्र बस्नेत, कृषि प्राबिधिक अस्मिता ज्ञवाली, बिन्दु रायमाझी लगायत कृषकहरुको उल्लेख्य उपस्थिति थियो।

You may also like

This will close in 0 seconds