131
काठमाडौ । स्कटल्याण्ड जारी त्रिदेशीय टी-२० शृंखलामा नेपालले दोस्रो जित निकालेको छ। बिहीबार नेदरल्याण्ड्सलाई नेपालले ६ विकेटले पराजित गरेको हो।
१७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाए भने आरिफ शेखले ३९ र डेब्यू गरेका भीम सार्कीले २७ रनको योगदान दिए।