63
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज (आइतबार) रातिबाट लागु हुने गरी पेट्रोल प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलप्रति लिटर समान दुई रुपैयाँका दरले मूल्य बढाएको हो ।
मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल १६० र डिजेल तथा मट्टितेल १४५ रुपैयाँ प्रतिलिटर पुगेको छ । आइतबार दिउँसो इण्डियन आयल कर्पोरेसनबाट पेट्रोल १.४१ रुपैयाँ र डिजेल १.६७ रुपैयाँ प्रतिलिटर महँगिएर आएका कारण नेपाली बजारमा मूल्य समायोजन गरेको निगमले जनाएको छ ।