204
			
		
		
			
            
				            
			
			        
    काठमाडौं। कुवेतस्थित ‘अल मन्सुर इन्टरनेसनल ग्रुप अफ कम्पनी’मा कार्यरत २१ नेपाली कामदारलाई उद्धार गरी स्वदेश फर्काउन नेपाली दूतावासले गरेको प्रयास प्रभावकारी हुन सकेको छैन।
कामदारको भिसा स्टाटस अवैधानिक भइसकेकाले उनीहरुलाई वैधानिक रुपमा फर्काउन ठूलो रकम जरिवाना तिर्नुपर्छ।
उनीहरु कुवेती अध्यागमनको कालो सूचीमा रहेका खबर आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन्।
दूतावासले भिसा स्टाटस बैधानिक बनाएर कालोसूचीबाट हटाउन पहल गरिरहेको छ।
कामदारले कम्पनीका कारण आफूहरु अवैधानिक हैसियतमा बस्नुपरेको भन्दै वैधानिक रुपमै फर्कन पाउनुपर्ने बताउँदै आएका छन्।
 
			        

 
												 
														

