कारवाहीको चेतावनी दिंदै गृहमन्त्रीले भने–रास्वपा कार्यालयमा नक्कली जाहेरी लेखेको थाहा पाइसकें

by समतल अनलाइन
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध रास्वपा पार्टी कार्यालयमा बोलाएर नक्कली जाहेरी खडा गर्न खोजिएको आरोप लगाएका छन्। उनले नक्कली पीडित खडा गरेर कीर्ते र जालसाजी गर्ने व्यक्तिलाई खोजेर कारबाही गर्ने चेतावनी पनि दिए। उनले नक्कली पीडित खडा गराउने र नक्कली जाहेरी लेख्ने विषयमा आफू जानकार भएको बताए।

‘केही पार्टी कार्यालयमा नक्कली र तथाकथित पीडितहरूलाई बोलाएर, तथाकथित जाहेरी लेखेर मेराविरुद्ध जाहेरी दिने तयारी गरिएको छ। कुन पार्टी कार्यालयमा त्यस्तो काम भइरहेको छ, मलाई जानकारी छ। त्यस्ता कीर्ते र जालसाजी काम नगर्न आग्रह छ। नक्कली पीडितहरूलाई खडा गराउनेहरूलाई पत्ता लगाएर कारबाही गरिनेछ,’ उनले भने। गृहमन्त्री लेखकले आफूप्रति राजनीतिक प्रतिशोध नसाँध्न आग्रह पनि गरे।

You may also like

This will close in 0 seconds