जीप दुर्घटना : दुईको मृत्यु, १४ जना घाइते

by समतल अनलाइन
Shares

बागलुङ । बागलुङमा पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा १४ जना घाइते भएका छन्।बागलुङको बुर्तिबाङ बजारदेखि यात्रु बोकेर ढोरपाटन–सालझण्डी सडक खण्ड हुँदै सहीखोलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेशको ०१–००१ च १७७५ नम्बरको जीप ढोपाटन नगरपालिका–५ बतासेडाँडामा शुक्रबार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक वसन्त पाण्डेले जानकारी दिए । जीपमा १६ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ भने १० जनाको अवस्था मध्यम र एकको अवस्था सामान्य रहेको प्रनाउ पाण्डेले बताए । मृतकहरूको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । घाइतेहरूको हाल बुर्तिवाङ अस्पतालमा उपचार भइरहेको प्रनाउ पाण्डेले बताए । जीप सडकदेखि अन्दाजी ५० मिटर तल खेतमा खसेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

You may also like