जन्ते बाख्रो’ मोफसलमा हाउसफुल, दर्शकको मन जित्दै

by समतल अनलाइन
Shares

बुटवल। गत जेठ २३ गते शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘जन्ते बाख्रो’ले मोफसलका दर्शकबाट पनि राम्रो प्रतिक्रिया पाइरहेको छ । देशभरका दर्शकबाट मिलेको उत्कृष्ट वडअफ माउथको प्रभाव हलमा देखिन थालेको निर्माता सन्तोष गौतम बताउँछन् । प्रदर्शनको पहिलो र दोस्रो दिन कलाकार सहित काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिएको टिम मंगलबारबाट मोफसल यात्रामा निस्की बिहिबार बुटवल आएको हो। बुटवलमा चलचित्रका कलाकार संगै पत्रकार र दर्शक भएर हलमा पुग्दा छुट्टै रौनक देखिन्थ्यो। हाउस फुल दर्शक रहेको फिल्म कमेडी तथा पारिवारिक फिल्म भएकाले दर्शक हलमा बस्दा सम्म भरपुर मनोराजन गर्न सक्ने निर्माताको भनाई छ।

सिनेमाका निर्माता सन्तोष गौतमका अनुसार नेपालगंज संगै दाङ पुगेर दर्शकलाई हलमै पुगेर साक्षात्कार गरेको छ भने भिएफएक्स सिनेमाज् दाङमा हाउसफुल दर्शकको साथ मिलेको निर्माताले बताउछन। हलमा पुग्दा अभिनेत्री गरिमा शर्मा र रुशा न्यौपानेसंग दर्शकले माया साटासाट गरेका छन् , फोटो र भिडियो खिच्ने दर्शकको भिड लागेको कलाकारहरु बताउछन।मोफसलमा दर्शकको राम्रो साथ मिलेको भन्दै उनीहरुले खुशी समेत व्यक्त गरेका थिए । बिहिबार बुटवलका दर्शकसँग क्युएफएक्स हलमा साक्षात्कार गरि टिम चितवन लागेको छ। निर्माण टिमले दिएको जानकारी अनुसार सिनेमा पश्चिम नेपालमा सवैजसो ठाउँमा राम्रो व्यापार गरिरहेको छ ।

विशेषगरी दाङ, नेपालगञ्ज, बुटवल,कपिलबस्तु र धनगढीमा राम्रो व्यापार गरेको दाबी निर्माता गौतमको छ । दर्शकको राम्रो चाप देखिएकै कारण आफु कलाकार सहित पश्चिम नेपाल पुगेको उनको भनाई छ । सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको सिनेमामा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्माता सन्तोष गौतम हुन् । नेपाली समाजमा बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ । सिनेमाको कथावस्तु यसैको वरिपरि आधारित रहको छ ।सिनेमामा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन ट्राइडेन्ट कन्सेप्ट टिमको पोस्टर डिजाइन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स जीटुवान डिजिटलले खरिद गरेको छ।

You may also like

This will close in 0 seconds