काठमाडौँ । भारतको अहमदाबादमा भएको एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा परेका एक यात्रू जीवित रहेका छन् । रमेश कुमार नाम गरेका यात्रु जीवत रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
विमान दुर्घटनामा अहिलेसम्म २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
विमान उडान भरेको केही समयपछि नै आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा २४२ जना सवार थिए, जसमा २३२ यात्रु र १० जना चालक दलका सदस्य थिए। अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले २०४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।
प्रहरी आयुक्तले केही जीवित सक्ने बताएका छन् । उनले ४१ जनाको अस्पतालमा उपचार भइरहेको र राहत तथा उद्धार कार्य जारी बताएका छन् । घाइतेमा विमानमा सवार बाहेक अन्य समेत रहेको बताइएको छ ।
भारतको अहमदावादबाट लण्डनका लागि उडेको एयर इन्डियाको उडान नम्बर एआई-१७१ विहिबार दिउँसो भारतीय समय अनुसार १.३८ बजे उडान भरेको दुई मिनेट पछि नै दुर्घटनाग्रस्त भएको थियो ।